टाइगर कप भलिबल आजदेखि, एपिएफ र पुलिसबीच पहिलो खेल

समाधान संवाददाता, पोखरा
प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदै छ । टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको प्रतियोगिताको पहिलो खेल महिलातर्फको हुनेछ ।
पहिलो खेलमा विभागीय डर्बीबीच प्रतिश्पर्धा हुनेछ । बिहान १० बजे हुने खेलमा सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबको सामना गर्ने खेल तालिका छ ।
त्यस खेललगत्तै त्रिभुवन आर्मी क्लबले न्यु डायमन्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न १२ बजे हुनेछ । महिलातर्फका २ खेलपछि उद्घाटन समारोह आयोजना हुनेछ ।
समारोहपछि पुरुषतर्फका खेल थालिने तालिका छ । घरेलु टोली गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको दोस्रो दिन पुरुषका २ खेल हुनेछन् । बुधबार पहिलो खेलमा साढे १० बजे गण्डकीले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलबीच प्रतिश्पर्धा हुनेछ ।
बुधबार महिलातर्फ १ खेल हुनेछ । साढे २ बजे नेपाल पुलिस क्लबसँग त्रिभुवन आर्मी क्लब भीड्नेछ ।
बिहीबार पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलबीच खेल हुनेछ । महिलातर्फ सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदा नेपाल पुलिसले न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार महिलातर्फ सशस्त्र प्रहरी बलले न्यु डायमन्डसँग खेल्नेछ । पुरुषतर्फ गण्डकीले सशस्त्र प्रहरी बल र नेपाल पुलिसले त्रिभुवन आर्मीसँग खेल्ने तालिका छ । फाइनल खेल शनिबार हुनेछ । डबल राउन्ड रोबिन फम्र्याटमा हुने प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले फाइनल खेल्ने छन् ।
प्रतियोगिता पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गतेसम्म हुनेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार तथा तृतीयले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २० हजार पाउने छन् ।
उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५ हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिता गर्न २५ लाख खर्च हुने अनुमान छ । प्रतियोगिताबाट ३० लाख बचत हुने गु्रपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । बचत रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च हुने उनले बताए ।
प्रतियोगितामा पहिलो चरणका खेलका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ । सेमीफाइनलका लागि १ सय ५० रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ कायम गरिएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया