मुख्यमन्त्री कपः पहिलो खेलमा स्याङ्जासँग कास्की पराजित

समाधान संवाददाता २०७७ फागुन ४ गते १९:१९

समाधान संवाददाता, पोखरा

प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय भलिबल प्रतियोगिताको पहिलो खेलमा कास्कीको पुरुष टोली पराजित भएको छ ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा कास्की स्याङ्जासँग पराजित भएको हो ।

Advertisement

लिगकम नकआउट फम्र्याटमा खेलाइएको खेलमा कास्कीलाई स्याङ्जाले २५–१९ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । प्रतियोगितामा सेमिफाइनलसम्मका खेल बेस्ट अफ ३ फम्र्याटमा खेलाइएको थियो ।

स्याङ्जासँगको खेलमा दुवै सेटमा सुरुवाती अग्रता लिएको कास्कीले अग्रता जोगाउन नसक्दा खेल गुमायो । स्याङ्जाको टोली केही अनुभवी देखिएको थियो ।

Advertisement

स्याङ्जाको टोलीमा गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डे, सशस्त्र प्रहरी बलका स्पाइकर बिजय थापा, गण्डकी प्रदेश पुरुष भलिबल टोलीका ईश्वर थापालगायत राष्ट्रिय प्रतियोगिता खेलिरहने खेलाडी थिए ।

पुरुषतर्फकै अर्को खेलमा तनहुँले मुस्ताङलाई हरायो । मुस्ताङमाथि तनहुँले २५–१६ र २५–९ को जित दर्ता गरेको हो । बिशाल ठकुरीको कप्तानीमा उत्रिएको तनहुँले सुरुवातबाट नै मुस्ताङलाई दबाबमा राख्दै सहज जित हात पारेको हो ।

तनहुँकै महिला टोलीले लमजुङलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तनहुँले लमजुङलाई २५–१४ र २५–७ को सेटमा पराजित गरेको हो ।

तनहुँकी कप्तान उषा भण्डारीबाहेक खेलमा राष्ट्रिय टोलीका खेलाडी समावेश थिएनन् । टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी छनौट भएकी भण्डारीले मंगलबार पनि सम्झनलायक प्रदर्शन गरिन् ।

महिलातर्फकै प्रतिस्पर्धामा पर्वतले स्याङ्जालाई हराएको छ । पर्वतले २५–१६ र २५–२१ को सेटमा जित हात पा¥यो । प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा म्याग्दीले नवलपुरमाथि शानदार जित दर्ता ग¥यो ।

नवलपुरलाई म्याग्दीले २५–५ र २५–१५ को सेटमा हरायो । पहिलो सेटमा म्याग्दीका लागि राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, राष्ट्रिय टोलीकै सदस्य कमला पुनले खेलेका थिए । दोस्रो सेटमा भने शाही र पुन कोर्ट बाहिर बसेका थिए ।

बुधबार प्रतियोगितामा ९ खेल हुँदैछन् । मंगलबार पानी परेर रद्द भएका दुई खेलसँगै बुधबारका लागि पूर्वनिर्धारित ७ खेल हुनेछन् । पहिलो खेलमा पुरुषतर्फ बागलुङ र म्याग्दी खेल्दा दोस्रो खेलमा नवलपुर र गोरखा खेल्नेछन् ।

तेस्रो खेलमा पर्वत र तनहुँ, चौंथो खेलमा म्याग्दी र लमजुङ, पाँचौं खेलमा पर्वत र मुस्ताङ खेल्दा छैटौं खेलमा बागलुङ र लमजुङ भिड्नेछन् ।

बुधबार महिलातर्फ ३ खेल हुँदैछन् । महिलातर्फको पहिलो खेलमा लमजुङ र बागलुङ खेल्दा दोस्रो खेलमा कास्कीले मुस्ताङको सामना गर्नेछ । अन्तिम खेलमा तनहुँ र बागलुङबीच खेल हुने तालिका छ ।

९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगद पुरस्कार पाउनेछन् ।

दोस्रो हुने टोलीले नगद १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले ५० हजार रुपैयाँमा चित्त बुझाउनेछन् ।

विधागत उत्कृष्ट हुने खेलाडीहरुले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया