कास्कीका दुवै टोली मुख्यमन्त्री कपको क्वाटरफाइनलमा

समाधान संवाददाता २०७७ फागुन ५ गते १८:३८

समाधान संवाददाता, पोखरा

प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा घरेलु टोली कास्कीको महिला÷पुरुष दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालाको भलिबल मैदानमा बुधबारको खेलमा कास्कीको महिला टोलीले मुस्ताङलाई पराजित गर्न सक्यो ।

Advertisement

मुस्ताङलाई कास्कीले २–० को सोझो सेटमा पराजित गरेको छ । कास्कीले मुस्ताङलाई २५–११ र २५–१७ को सेटमा हराएको हो ।

मुस्ताङको टोली सिमित खेलाडीमात्र लिएर प्रतियोगितामा आएको छ । मुस्ताङका खेलाडीमा अनुभवको कमी देखिएको थियो र त्यसैको फाइदा उठाउँदै कास्कीले सहज जित दर्ता गरेको हो । पराजित बनेको मुस्ताङ पनि समूहको उपविजेता रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।

Advertisement

रुष टोली भने मंगलबार स्याङ्जासँग पराजित भएको थियो । स्याङ्जासँगको खेल कास्कीले २५–१९ र २५–१८ को सेटमा खेल गुमाएको थियो ।

एक खेलमात्र खेलेको कास्कीको पुरुष टोली पनि क्वाटरफाइनलमा पुगेको छ । समूहमा दुई टोलीमात्र रहेकाले स्याङ्जा र कास्की दुवै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

क्वाटरफाइनलमा कास्कीको महिला टोलीले बागलुङसँग खेल्नेछ । पुरुष टोली भने म्याग्दीसँग खेल्ने समिकरण बनेको छ ।

क्वाटरफाइनलका अन्य खेलमा तनहुँ र मुस्ताङको महिला टोली खेल्नेछन् । पर्वतले नवलपुरको सामना गर्नेछ । पुरुषतर्फ स्याङ्जा र बागलुङ खेल्दा नवलपुर र तनहुँ आमनेसामने हुनेछन् । पर्वतको पुरुष टोली भने सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलका खेलहरु बिहीबार खेलाइनेछन् ।

महिलातर्फको प्रतिस्पर्धाबाट लमजुङ बाहिरिएको छ । लमजुङलाई तनहुँ र बागलुङले सोझो सेटमा हराएका थिए । पुरुषतर्फ भने मुस्ताङ र लमजुङ प्रतियोगिताबाट बाहिरिएका छन् । मुस्ताङ तनहुँ र पर्वतसँग पराजित हुँदा लमजुङको टोली बागलुङ र म्याग्दिसँग पराजित बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगितामा दोस्रो दिन ८ खेल भएका थिए । पहिलो खेलमा बागलुङ म्याग्दीसँग पराजित भएको थियो । बागलुङलाई म्याग्दीले २–१ को सेटमा पराजित गर्न सक्यो । पर्वतले तनहुँलाई २–१ कै सेटमा हार चखायो ।

पहिलो खेल जितेको तनहुँको यो पहिलो हार हो । तेस्रो खेलमा म्याग्दीले लमजुङलाई २–० को सोझो सेटमा हरायो । पुरुषतर्फकै खेलमा पर्वतले मुस्ताङलाई २–० को सेटमा हराउँदा अन्तिम खेलमा बागलुङले लमजुङलाई ३–१ को सेटमा पराजित गर्न सक्यो ।

महिलातर्फ बुधबार ३ खेल भए । पहिलो खेलमा लमजुङले बागलुङसँग २८–२६ र २५–७ को हार व्यहोर्यो । दोस्रो खेलमा कास्कीले मुस्ताङलाई २५–११ र २५–१७ को सेटमा पराजित ग¥यो । बुधबारको अन्तिम खेलमा तनहुँले बागलुङलाई हराउन सक्यो ।

९ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । गोरखा र मनाङले प्रतियोगितामा विविध कारण देखाउँदै नाम झिकाएका थिए । प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगद पुरस्कार पाउनेछन् ।

दोस्रो हुने टोलीले नगद १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले ५० हजार रुपैयाँमा चित्त बुझाउनेछन् । विधागत उत्कृष्ट हुने खेलाडीहरुले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फाइल फोटो

तपाईको प्रतिक्रिया