प्रधानमन्त्री ओलीले शिलान्यास गरे प्रशिक्षण प्रतिष्ठान

पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गरेका छन् । ओली आजै साढे १२ बजे पोखरा आइपुगेका हुन् । गण्डकी प्रदेश सरकारले प्रतिष्ठान भवन निर्माण गर्न लागेको हो ।
संघीयताको मर्म अनुसार जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षित गर्ने गरी प्रतिष्ठान गठन भएको हो ।
३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ । भवन निर्माणका लागि यो वर्ष साढे ६ लाख रुपैयाँमात्र विनियोजन गरिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यान्वयन गर्ने छ । प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त ससर्त अनुदान ५ करोड रुपैयाँ यो वर्ष भवनका लागि छुट्टयाइएको हो ।
४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने छन् । भवनको डिजाइन स्केल आर्किटेक्ट प्रालिले गरेको हो ।
प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवं जनप्रतिनिधिको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने काम प्रतिष्ठानले गर्दै आएको छ ।
तत्कालीन नगर प्रशिक्षण केन्द्र भएकै ठाउँमा प्रदेश प्रशिक्षण प्रतिष्ठानको रुपमा विकास गरिएको हो ।
प्रदेश सरकारले प्रतिष्ठानको ०७५ फागुनमा ऐन बनाएको थियो त्यसको १ वर्षपछि ०७६ फागुन २८ गते प्रतिष्ठानको कार्यकारी निर्देशकमा ऋषिराम पाण्डेलाई नियुक्त गरिएको थियो ।
प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले प्रतिष्ठान स्थापना भएको हो ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया