ओली र नेपालबीच धुम्बाराहीमा भेटवार्ता

समाधान संवाददाता २०७७ चैत २ गते ११:३१

काठमाडौं

केपी ओली पक्षसँग वार्ता गर्न नेकपा एमालेको माधव समूह धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा गएको छ । ४ महिनापछि माधव नेपाल र केपी ओलीबीच आज भेट भएको छ ।

माधव नेपाल, सुवास नेम्वाङ, भीम रावल, रघुजी पन्त, लगायत नेता पार्टी कार्यालय पुगेका छन् । ओली समूहबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् ।

Advertisement

पार्टी विभाजनसँगै आ–आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड–माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो ।

Advertisement

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ चैतमा संसद विघटन गरेकी थिइन् । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युँताइदिएपछि फेरि ओली–नेपाल–खनाल एउटै पार्टीमा आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया