भीमादका शिक्षण संस्था बन्द नहुने
समाधान संवाददाता
२०७७ चैत १६ गते २१:५०

पाेखरा
केन्द्र सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरे पनि तनहुँको एउटा पालिकामा भने खुल्ने भएका छन् ।
तनहुँको भीमाद नगरपालिकाले सोमबार सूचना निकालेर विद्यालय नियमित संचालन हुने जनाएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकावती ढकालले नगर क्षेत्रभित्र हालसम्म वातावरणीय प्रभाव नदेखिएकाले शिक्षण संस्था नियमित खुल्ने बताएकी छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो ।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि भीमादका विद्यालय खुल्ने भएका हुन् ।
सम्बन्धित









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया