खगराजले छोडे प्रदेश सहइन्चार्ज, माओवादी त्यागेका लीलबहादुरलाई ‘उपहार’

समाधान संवाददाता, पोखरा
एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी नेता खगराज अधिकारीले छोडेका छन् । नयाँ सहइन्चार्जमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, संघ सरकारकी बहालवाला कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र लीलबहादुर थापामगर तोकिएका छन् ।
गत फागुन २८ र चैत ७ गते बसेको एमालेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष ओलीले १३ चैतमा जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानि)मा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको उल्लेख छ ।
किरण गुरुङ यसअघि पनि सहइन्चार्ज थिए । यसअघि सहइन्चार्ज रहेका नेता अधिकारी स्वयंले प्रदेश सहइन्चार्जमा नबस्ने इच्छा देखाएका हुन् । ‘उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई आफू सहइन्चार्ज नबस्ने भनेर भन्नुभएको थियो । उहाँ (अधिकारी) कै इच्छाले प्रदेशमा जिम्मा नदिइएको हो,’ नेता अधिकारी निकट स्रोतले भन्यो । अधिकारीले केन्द्रमा जिम्मेवारी पाउने पार्टी स्रोत बताउँछ ।
नेकपा हुँदा प्रदेश इन्चार्ज रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जिम्मेवारी यथावत छ । माओवादीतर्फका नेता हितराज पाण्डे अध्यक्ष थिए । एमालेमा जिम्मेवारी हेरफेर अनुसार पार्टीको प्रदेश अध्यक्ष पूर्व खेलकुदमन्त्री जगत विश्वकर्मा र सचिव क्रमशः गोविन्दबहादुर नेपाली भएका छन् ।
गत २८ फागुनमा पार्टीको केन्द्रीय बैठकले नेकपा केन्द्रीय सदस्य विकलाई प्रदेश अध्यक्ष तोकेको थियो ।
उनले गत १० चैतमा पोखरा नयाँबजारस्थित प्रदेश कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए । एमाले सचिव रहेका नेपाली तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि पनि सोही जिम्मेवारीमा थिए । नेपाली हाल गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङका राजाीतिक सल्लाहकार छन् ।
संसद विघटनको समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बागलुङका थापामगरले एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका हुन् । ओलीले संसद विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आउँदा थापाले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका थिए ।
एमाले अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार नेताहरुको जिम्मेवारी हेरफेर गर्दा थापाले प्रदेश सहइन्चार्ज बन्ने मौका पाएका हुन् । बरेङ गाउँपालिका २ हुग्दिशिरका थापामगर माओवादीका केही पूर्व लडाकुसहित माघ १० गते ओली समूह प्रवेश गरेका थिए ।
२०५४ सालदेखि ५ वर्षसम्म तत्कालीन जिल्ला विकास समिति बागलुङ सभापति थिए । २०६३ पछि माओवादी प्रवेश गरे । उनी एकीकृत नेकपामा केन्द्रीय सदस्य पनि थिए ।
अहिले ओलीतिर लागेका टोपबहादुर रायमाझीसँग घनिष्ठ दोस्तीयारी छ । राष्ट्रिय भलिबल संघको केन्द्रीय उपाध्यक्ष भएका थापामगर गत साउनमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बन्न कसरत गरिरहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले रमेशकुमार सिलवाललाई दोस्रो कार्यकालको जिम्मेवारी दिएका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया