एपीएफ सेमिफाइनलमा

समाधान संवाददाता २०७७ चैत २१ गते १८:०७

समाधान संवाददाता, पोखरा

१९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा घरेलु क्लब सहारालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको हो । एपीएफको जीतमा आशिष लामाले १ गोल गरे । उनले खेलको ८७ औँ मिनेटमा गोल गरेका थिए ।

Advertisement

दोश्रो खेलमा भोलि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन खेल्नेछन् । तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने आयोजकले जनाएको छ ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।

Advertisement

यस्तै सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरेको छ। सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट रिजाललाई सम्मान गरेको हो ।

पुरस्कारको राशी नगद ३५ हजार र दोसल्ला सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव रमेश सिलवालले सम्मान गरेका हुन् । सहाराले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष राष्ट्रिय टोलिका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया