विवेक र नर्मताले जिते ५ किलोमिटर दौड

समाधान संवाददाता २०७८ वैशाख ५ गते ०:०१

समाधान संवाददाता, पोखरा

१५ औं संस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस बोर्डिङ स्कुल माछापुच्छ्रे लाहाचोककी कास्कीका विवेक परियारले जितेका हुन् । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेन्डमा पूरा गरेका थिए ।

Advertisement

छात्रातर्फ भानु मावि तनहुँकी नर्मता गुरुङले जितेकी छन् । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेन्डमा पूरा गरेकी थिइन् । दुवैलै दौड जिते सँगै नगद जनही १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।

पद्मोदय मोडल सेकेन्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट ०२. ५० सेकेन्डमा पूरा गर्दै दोस्रो भएका छन् । ज्योति मावि नवलपरासीका आशीष पोखरेल २२ मिनेट २२.३० सेकेण्डमा पुरा गर्दै तेस्रो भएका छन् ।

Advertisement

छात्रातर्फ पद्मोदय मोडल सेकेन्डरी स्कुल दाङ घोराहीकी बन्दना चौधरीले ३० मिनेट १२.२० सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । उदय मावि धम्पुस माछापुच्छ«ेकी बिनु विक ३१ मिनेट ४८.२० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।

प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले धावकले क्रमश जनही नगद ७ र ४ हजारका साथम मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, गैरआवासीय नेपाली संघ यूकेका प्रमुख संरक्षक मेजर डम्बर घले ‘एमभिओ’, सहारा युकेका पूर्वअध्यक्ष दिलीप गुरुङ ‘एमविई’, पोखरेली मञ्च युके तथा तमु धिं युकेका कोषाध्यक्ष कमल गुुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, एनआरएन युकेका पूर्व अध्यक्ष मुच्छेत्र गुरुङ, पोखरेली मञ्च तथा तमु धि युकेका सल्लाहकारहरु दिलरास गुरुङ, लालकाजी गुरुङ, भोजबहादुर गुरुङ, भुम्दीकोट समाज पोखराका अध्यक्ष सुमे ज्ञानबहादुर गुरुङ, सचिव कृष्ण गुरुङ, प्रतियोगिताका संयोजक हरिप्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।

त्यस अवसरमा पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङले हिमाली सांस्कृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङलाई सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै नगद ५ हजार प्रदान गरेकी छन् । भुम्दीकोट समाज पोखराले समेत हिमाली सांस्कृतिक परिवारलाई नगद ५ हजार प्रदान गरेको छ ।

दौडमा सहभागी कान्छो उमेरका २ जना खेलाडीहरुलाई भुम्दीकोट समाजले प्रोत्साहन स्वरुप नगद १–१ हजार प्रदान गरेको छ । प्रतियोगितामा ७ वर्षदेखि १६ वर्ष उमेर समूहका खेलाडीहरुको सहभागिता थियो ।

कार्यक्रम मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकसद परिषदका सदस्य सचिव तेज गुरुङको अध्यक्षतामा भएको थियो । सफल दूधको मुख्य प्रायोजनमा १५ औं संस्करण अन्तर्गत उक्त दौड प्रतियोगिता भएको थियो ।

तपाईको प्रतिक्रिया