बाराहीमा अभिभावक कक्ष

समाधान संवाददाता, पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनको बाराही माध्यमिक विद्यालय एसएलसी ब्याच २०४५का विद्यार्थीले आकर्षक तथा आधुनिक अभिभावक कक्ष निर्माण गरेका छन् ।
स्वदेश तथा विदेशमा रहेका ३८जना विद्यार्थीले ५लाख ७५ हजार रुपैयाँको लागतमा कक्ष निर्माण गरेको विद्यालयका पूर्व विद्यार्थी तथा पोखरा महानगरपालिका वडा नम्बर ५का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । विद्यालयका पूर्व विद्यार्थी तथा बाराही रत्न डा भरत खत्रीले कक्षको उद्घाटन गरे ।
अध्यक्ष नेपालीले अहिलेसम्म विद्यालयमा आउने अभिभावकको लागि बस्ने व्यवस्था नभएको उल्लेख गरे । उनले अभिभावकलाई व्यवस्थित रुपमा बस्ने ठाउँ नहुँदा विद्यार्थी तथा शिक्षकलाई अफ्टेरो परेको बताए । ‘अब घामपानीबाट जोगिएर शान्त र व्यवस्थित ठाउँमा अभिभावक र विद्यार्थी बीच कुराकानी गर्ने वातावरणको सिर्जना भएको छ,’उनले भने, ‘अब अभिभावकलाई बस्तोवस्तले राखेर उहाँहरुको कुरा सुन्न सहज भएको छ ।’
निर्माण समितिका संयोजक डा चैतन्यराज अधिकारीले समूहले आगामी दिनमा समेत विद्यार्थीको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने बताए । कार्यक्रममा बाराही पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज बराल, पुर्व विद्यार्थी सुनिल उलक, प्रकाश बज्राचार्य, किशोर श्रेष्ठ लगायतले अभिभावक कक्षबारे बोलेका थिए । सो समूहले मानव सेवाको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ लाख १६ हजारको लागतमा अनाथालय निर्माण गरेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया