गण्डकी खेलकुद परिषद टिमलाई बधाई

समाधान संवाददाता, पोखरा
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले गण्डकी खेलकुद परिषदमा सदस्य सचिवमा चयन मञ्चका अध्यक्ष तेजबहादुर गुरुङसहित परिषद सदस्यमा मनोनितद्वय मञ्चका द्वितीय उपाध्यक्ष दिल बहादुर गुरुङ र कार्य समिति सदस्य केशव पाठकलाई बधाई दिएको छ ।
मञ्चले स्थापना दिवसको अवसरमा उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
त्यस अवसरमा हालै सम्माननिय राष्ट्रपतिबाट जनसेवा पदक चौथोबाट विभूषित मञ्चका सल्लाहकार समितिका संयोजक तथा अग्रज समाजसेवी दिलबहादुर गुरुङलाई समेत मञ्चले सम्मान गरेको छ ।
मञ्चका अध्यक्ष तथा गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकूदको प्रेरणाले नै आफू यो स्थानमा आइपुगेको बताए ।
उनले प्रदेश खेलकूदको विकासमा सँधै अग्रज व्यक्तित्वहरुको सुझावलाई अग्रभागमा राखेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै खेलकुद विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका उपलब्धिहरुलाई समेत आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
जनसेवा पदकबाट विभूषित मञ्चका सल्लाहाकार समितिका संयोजक दिलबहादुर गुरुङले मञ्चले गर्दा नै आफूलाई ८३ वर्षको उमेरमा अझै सामाजिक अभियान कार्य गर्ने उर्जा मिलेको बताए ।
कार्यक्रममा मञ्चका सल्लाहकार तथा सफल व्यवसायी जगनबहादुर गुरुङले पोखरा म्याराथनलाई मञ्चले सन २०२४ सम्म म्याराथनहरुको छाता संस्था एम्समा पु¥याउन गरेको लक्ष्य निकै प्रशंसनिय र स्वागत योग्य रहेको बताउँदै गण्डकी खेलकुद परिषदमा सदस्य सचिवसहित ३÷३ जना एकैपटक नेतृत्व तहमा पुग्नुले मञ्चको गरिमा अझै उच्चो बनेको बताए ।
मञ्चका प्रथम उपाध्यक्ष तथा कृिष विकास बैंकका सञ्चालक हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पराजुलीले मञ्चको स्थापन दिवसमा सदस्यहरु खेलकुदको नेतृत्व तहमा पुग्नुले संस्थाको गरिमा अझै ओझिलो बनेको उल्लेख गरे ।
त्यस अवसरमा मञ्चका द्वितीय उपाध्यक्ष तथा परिषदका सदस्य दिलबहादुर गुरुङ मञ्चका सचिव तथा क्षेत्रीय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, मञ्चका सदस्य तथा परिषदका सदस्य केशव पाठक लगायतले धारणा व्यक्त गरेका थिए ।









पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन
हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग
निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया