हेटाैडामा काेभिड वार्ड स्थापना

रासस, काठमाण्डु ।
कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ ।
प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।
ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ ।
आइसोलेसन कक्ष पुनः सञ्चालन हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ ।
आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया