मुख्यमन्त्री गुरुङविरुद्ध संसद्मा अविश्वास प्रस्ताव पेस

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार संसद्मा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको तर्फबाट नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् ।
नयाँ मुख्यमन्त्रीमा नेता नेपालीलाई नै प्रस्ताव गरिएको छ । प्रस्ताव पेस भएपछि अविश्वासमाथि छलफल सुरु भएको छ ।
सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पेस भएको प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि मतदान हुनेछ । सम्भवत १५ वैशाखमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।
संसद्मा अविश्वास पेस गर्दै नेता नेपालीले मुख्यमन्त्री गुरुङले प्रस्तावसँग डराएर चालु हिउँदे अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाए ।
केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बनेको नेता नेपालीले बताए । ‘यो प्रदेश सरकार केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बन्यो । यो गण्डकी प्रदेशका जनताको भावना प्रतिकूल छ,’ उनले भने, ‘अविश्वास आएपछि जसरी अन्त्य गर्दिनु भयो । त्यो संसदीय व्यवस्थाको मान्य र मूल्यविपरीत छ । त्यसमा हाम्रो घोर आपत्ति छ ।’
गण्डकी प्रदेश सरकारले पनि संविधानको अवहेलना गरेको उनले बताए । ‘समर्थन फिर्ता भए विश्वासको मत लिनुपर्छ भन्ने संविधानको धारा १८८ मा स्पष्ट व्यवस्था छ । तर, यहाँ मुख्यमन्त्रीले त्यो व्यवस्थाको उल्लंघन गर्नुभयो,’ प्रस्तावित मुख्यमन्त्री नेपालीले भने ।
संवैधानिक व्यवस्थालाई नमानेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको नेपालीले बताए । ‘प्रधानमन्त्रीले काम गर्न दिइएन भन्नुभयो । तर, सदनमा प्रतिपक्षीले कहिल्यै असहयोग गरेन,’ उनले भने, ‘पुस ५ को त्यो असंवैधानिक कदम, जनआकांक्षाविरुद्धको कदमलाई प्रतिगमन कदम भन्यौँ ।’
अविश्वास प्रस्ताव पेस भएर केही सांसदले बोलेपछि बैठक भोलि १२ बजेसम्म स्थगित भएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया