एथ्लेटिकोलाई दवाव दिदैं रियल
समाधान संवाददाता
२०७८ वैशाख १९ गते ६:४३

एजेन्सी
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडमाथि दबाब कायमै राखेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा ओसासुनलाई २–० ले पराजित गरेको रियल मड्रिडले एल्लेटिकोसँगको दुई अंकको दूरी बढ्द दिएन ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ७६ औँ मिनेटमा मिलिताओ र ८० औँ मिनेटमा कासेमिरोले गोल गरेका हुन् । ती गोलका लागि क्रमशः इस्को र करिम बेन्जिमाले सहयोग गरेका हुन् ।
जितपछि लिगका चार खेल बाँकी हुँदा दोस्रो स्थानको रियल मड्रिडको ७४ तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७६ अंक भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया