म्यान्चेस्टर सिटी उपाधि नजिक

समाधान संवाददाता २०७८ वैशाख १९ गते ७:०६

एजेन्सी

इङ्गलिस प्रिमिय लिगमा म्यानचेस्टर सिटी उपाधिको निकै नजिक पुगेको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको म्यानचेस्टर सिटीले उपाधी होडलाई बलियो बनाएको हो ।

Advertisement

आइतबार राति हुने खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएमा म्यानचेस्टर सिटीले चार खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ ।

शनिबार राति अवे मैदानमा भएको खेलमा सिटीका लागि दोस्रो हाफमा सर्जियो अग्युरो र टोरेसले गोल गरेका हुन् । ५७ औँ मिनेटमा अग्युरो तथा ५९ औँ मिनेटमा फेरान टोरेसले गोल गरेका हुन् ।

Advertisement

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ ।

शनिबार राति भएका अरु खेलमा चेल्सीले फुलह्यामलाई २–०, एस्टन भिल्लाले एभर्टनलाई २–१ तथा ब्राइटनले लीड्सलाई २–० ले पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया