पिएसजी माथि लिलेकाे ४ अंककाे अग्रता

समाधान संवाददाता २०७८ वैशाख २५ गते ७:०९

एजेन्सी

युराेपियन देश फ्रान्समा जारी फ्रेन्च लिग वान फुटबल प्रतियाेगितकाे उपाधी हाेड राेमाञ्चक बनेकाे छ ।

ब्राजिलका नेयरमारलाई किर्तिमानी मुल्यसहित क्बलमा भित्र्याएकाे पिएसजीलाई यस पटक अर्काे प्रतिद्वन्दी लिलेले टक्कर मात्र हाेइन चुनाैति नै दिएकाे छ ।

Advertisement

अन्तिमचरणका खेलमा आइपुग्दा लिलेले पिएसजी माथि ४ अंककाे अग्रता लिएकाे छ । यद्यपी पिएसजी १ खेल कम खेलेकाे छ ।

पिएसजीकाे ३५ खेलबाट ७५ अंक भएकाे छ भने लिलेकाे ३६ खेलबाट ७९ अंक भएकाे छ ।

Advertisement

बाँकी रहेका दुवै खेल जित्याे भने लिलेलाई उपाधी चुम्न कसैले राेक्ने छैन । यदि कुनै १ खेल ड्र भएमा पनि पिएसजीले बाँकी ३ वटै खेल जित्नु पर्नेछ ।

शुक्रबार राति भएको खेलमा लिलेले लेन्सलाई ३–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लिगेका लागि यिल्माजले चौथो र ४० औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै जोनथन डेविडले ६० औँ मिनेटमा गोल गरेका हुन् ।

लिले सन् २०११ पछि पहिलोपटक उपाधि नजिक पुगेको हो ।

तपाईको प्रतिक्रिया