बार्सा र एथ्लेटिकाेकाे खेल ड्र, उपाधि हाेड राेमाञ्चक

समाधान संवाददाता २०७८ वैशाख २६ गते ८:१९

एजेन्सी ।

लिगकाे अन्तिम चरणमा आइपुग्दा स्पेनिस ला लिगाकाे उपाधि हाेड राेमाञ्चक बनेकाे छ । अब एथ्लेटिकाे मड्रिड, रियल मड्रिड र बार्सिलाेना मध्ये जसले पनि उपाधि उचाल्न सक्नेछन् ।

उपाधि होडमा रहेका एथ्लेटिको मड्रिड र बार्सिलोनाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेका हुन् ।

Advertisement

अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई बराबरीमा रोकेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा कायम छ । घरेलु टोली बार्सिलोनाले गोल गर्ने र जितसहित शीर्ष स्थानमा उक्लिनका लागि प्रयास गरेको थियो, तर सफल हुन सकेन ।

बार्सिलोना र एथ्लेटिको मड्रिडको बराबरीको मुनाफा उपाधि होडमा रहेको अर्को टिम रियल मड्रिडलाई हुने भएको छ । आइतबार राति हुने खेलमा चौथो स्थानको सेभिल्लालाई पराजित गर्न सके रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिकोसँग अंक बराबरी गर्ने छ ।

Advertisement

शनिबार राति भएको खेलपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलबाट ७७ तथा दोस्रो स्थानको बार्सिलोनाको ३५ खेलबाट ७५ अंक भएको छ । एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ७४ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा एलाभेस र लेभान्टे तथा एथ्लेटिको बिल्बाओ र ओसासुनाले समान २–२ को बराबरी खेल्दा काडिजले हुएस्कालाई २–१ ले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया