गण्डकीका विपक्षी सांसद आज पनि रिसोर्टमा

समाधान संवाददाता २०७८ वैशाख २६ गते १५:२४

समाधान संवाददाता, पाेखरा

गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरु फेरि रिसोर्टमा बसेको छन् । विपक्षी दलका सांसद आजको रात पोखरा लेकसाइडस्थित कुटी रिसोर्टमा बस्ने भएका हुन् ।

सांसद दोस्रोपटक सो रिसोर्टमा बस्न लागेका हुन् । अविश्वास ल्याएका काँग्रेस र माओवादी सांसद यसअघि गत १३ देखि १६ वैशाखसम्म साेही रिसोर्टमा बसेका थिए ।

Advertisement

जसपा पनि नजिकैको होटलमा बसेको थियो । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा भोलि मतदान हुँदैछ ।

आपसी छलफलका लागि आफूहरु रिसोर्टमा बसेको एक माओवादी सांसदले बताए । जनमोर्चा अविश्वासकै पक्षमा भए पनि रिसोर्टमा बसेको छैन ।

Advertisement

हालसम्मको अवस्था हेर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने देखिन्छ । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । कांग्रेसका १५, माओवादीका १२ सभामुखसहित, जनमोर्चाका ३ र जसपाका २ सांसद अविश्वास प्रस्तावकै पक्षमा छन् ।

यी पार्टीका सांसद संख्या ३१ पुग्ने देखिन्छ । सभामुखले भने मत दिन पाउँदैनन् । अविश्वास प्रस्ताव पारित भए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नेछन् ।

१५ वैशाखमै अविश्वास प्रस्तावमाथि मत विभाजन हुने कार्यसूची थियो । तर, राजमो सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुखले संसद अर्को सूचना नआउँदासम्म स्थगित गरेका थिए ।

२३ वैशाखको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते ११ बजे बैठक बोलाउने सहमति जुटेको थियो ।

तपाईको प्रतिक्रिया