पोखरामा अक्सिजन बैंक

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरूमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा अक्सिजन बैँक स्थापना गरिएको छ ।
यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् ।
अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिन्डर संकलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी बैंक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् ।
अटो मेकानिकल वर्कसपहरूमा २ हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिन्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरूमा उपलब्ध गराउने गरी अक्सिजन बैंक स्थापना गरिएको बताइएको छ ।
कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिन्डर उपलब्ध गराएर आफूहरूको अभियानमा साथ दिन आग्रह गरे ।
उनले भने, ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागिपरेका छौं । कोही कसैसँग अक्सिजन ग्यास सिलिन्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैं ।’
रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैँक स्थापनाको अभियान सुरु गरेका हुन् ।
गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालहरूमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिन्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरू सिलिण्डर खोजीमा जुटेका छन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया