एउटै अस्पतालमा एकै दिन ८ संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख २८ गते १९:३७

तुलसीपुर, २८ वैशाख
कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका एक÷एक जना रहेका छन् ।
अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म सङ्क्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।
पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाएका छन् । उनले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।
सम्बन्धित









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया