कास्की कांग्रेसले एम्बुलेन्स चलाउने

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स सञ्चालनसम्बन्धी निर्णयबारे मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।
सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुंगा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वार्ड बनाउन दिने पार्टीले निर्णय गरेको हो ।
कास्की कांग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि कास्की कांग्रेसले प्रशासनसँग अनुमति पनि लिएको छ ।
नेपाली कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराएका थिए ।
कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने उल्लेख गरे ।
ज्ञापनपत्रमा संकटका बेला कोरोनाविरुद्वको भ्याक्सिन खरिदमा समेत सरकार कमिसनको खेलमा लागेको दाबी गर्दै त्यसको निन्दनीय गरिएको छ । कमिसनको विषय तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न पनि पार्टीले माग गरेको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया