विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

रासस, पर्वत
आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।
जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।
विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी चार बालिकालाई विद्यालयमा यौन हिंसा गरेको आरोपमा गत साउन ६ गते प्रधानाध्यापक ५० वर्षीय पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।
छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पीडित बालिकाका अभिभावकले प्रहरीमा गत साउन ६ गते नै उजूरी दिएका थिए ।
आरोपित कुँवरलाई गिरफ्तार गरी प्रहरीले यौनजन्य हिंसा अपराधअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाउपर अदालतले सात वर्षीया दुई बालिकालाई यौन अपराध गरेको हकमा पाँच वर्ष र सोभन्दा माथिल्लो उमेरका बालिकाको यौन अपराधमा चार वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया