नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

१ जेठ, काठमाडौं
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।
काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ ।
यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएको थियो ।
दशरथ रंगशालामा खेलको २१औं मिनेटमा मेसोउके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । धनगढीका विशाल राईबाट विश्वास श्रेष्ठले बल खोस्दै दिएको पासमा मेसोउकेले धनगढीका दुई डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट फिनिङ मार्फत गोल गरे । धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले रोक्ने कुनै अवसर पाएनन् ।
पहिलो हाफमा पाएको एक मात्र अवसरमा काठमाडौंले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफ प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफको सुरुमै धनगढीले बराबरी गर्ने अवसर गुमायो । ४७औं मिनेटमा सिक्स यार्ड बक्समा प्राप्त बलमा धनगढीका बुद्ध बल तामाङको प्रहार गोलकिपर विकेश कुथु बिट भइसकेको अवस्थामा डिफेण्डर फ्लोरेन्ट क्वाराले गोललाइनभन्दा केही अघिबाट बचाए ।
त्यसपछि पुजन उपरकोटी र मार्की प्लेअर विशाल राईले पनि गोलको अवसर गुमाए ।
५५औं मिनेटमा धनगढीका अशोक खवासको प्रहार काठमाडौंका गोलकिपर विकेशले क्रस बार माथिबाट बाहिर पठाएका थिए । ६५औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिर गयो ।
८८औं मिनेटमा पुजन उपरकोटीको प्रहार क्रस बारको केही माथिबाट बाहिरिंदा धनगढीले अर्को अवसर गुमायो । ८९औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङ समिरले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिरियो । इन्जुरी समयमा धनगढीले बराबरीका लागि सबै शक्ति लगाएपनि गोल फर्काउन सकेन ।
च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का गर्दा धनगढीले १५ लाख रुपैयाँ पाउनेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया