आजको मौसम

समाधान संवाददाता २०७८ जेठ ३ गते ७:५७

काठमाडौँ

देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुने देखिएको हो ।

Advertisement

अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

यस्तै राति देशभर सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया