हार्याे बार्सिलाेना, उपाधि हाेड समाप्त

समाधान संवाददाता २०७८ जेठ ३ गते ८:५१

एजेन्सी ।

बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड समाप्त भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग २–१ ले पराजित भयो ।

यो हारले बार्सिलोनालाई उपाधि होडबाट बाहिर निकाल्यो । घरेलु मैदानमा भएको खेलमा २८ औँ मिनेटमा लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

Advertisement

सेल्टाका लागि मिना लोरेन्जोले ३८ र ८९ औँ मिनेटमा गोल गरे । ८३ औँ मिनेटमा लेङ्गलेट दोरोहो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

पराजित बार्सिलोना ३७ खेलबाट ७६ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडको ८१ तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ८३ अंक छ ।

Advertisement

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले मेस्सीको बार्सिलोनाका लागि यहि नै अन्तिम खेल नबनोस् भन्ने आशा रहेको बताएका छन् ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ र नयाँ सम्झौता भएको छैन ।

तपाईको प्रतिक्रिया