अब गण्डकी अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार

समाधान संवाददाता, पोखरा
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा अब कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ । कोरोना संक्रमितको उपचार गर्न आवश्यक प्रक्रिया पुरा गर्न अस्पतालले मंगलबारदेखि ओपिडी सेवा बन्द गर्दैछ ।
अब १५ देखि २० दिनभित्र सबै तयारी सकिने र त्यसपछि संक्रमित राख्न सकिने अस्पतालका सूचना अधिकारी नारायण अचार्यले बताए । ‘अस्पतालमा अहिले भइरहेको बाहेक ३८० बेडमा पनि कोरोनाकै उपचार गर्ने तयारी छ । धेरै बिरामीलाई अक्सिजन चाहिने भएकाले त्यसको व्यवस्थापन गर्न समय लाग्छ,’ उनले भने ।
अहिले क्षेत्रीय अस्पतालमा ८० बेड कोरोना संक्रमितको उपचारका लागि छ ।
नेपाल सरकार सचिवस्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।
गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने छ । मृगौलाका बिरामीका लागि डायलासिस पनि निरन्तर रहने सूचना अधिकारी आचार्यले बताए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया