मुख्यमन्त्री गुरुङकाे आयाेजनामा गण्डकी प्रदेश सर्वदलीय बैठक सुरु

समाधान संवाददाता २०७८ जेठ १० गते १८:१२

स्वास्थ्य सचिवकाे प्रिजेन्टेशन सुन्दै मुख्यमन्त्री लगायतका सहभागी ।

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे आयाेजनामा पाेखरामा गण्डकी प्रदेश सभामा उपस्थित दलहरुकाे सर्बदलीय बैठक सुरु भएकाे छ । प्रदेश सरकारकाे नीति याेजना आयाेगकाे कार्यालयमा सर्बदलीय बैठक जारी छ ।

Advertisement

पछिल्लाे समय मुख्यमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएपछि दलहरुबीच साैहार्दपूर्ण वातावरणमा छलफल हुन सकेकाे छैन । सरकार ढलाउने र बचाउने खेलमा दलहरुकाे सम्बन्ध खलबलिएकाे बेलामा याे बैठक बस्दैछ ।

छलफल प्रदेशमा काेराेना संक्रमणकाे फैलावट र यसलाई नियन्त्रणका बिषयमा केन्द्रित रहेकेा बताइएकाे छ । मुख्यमन्त्री गुरुङले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् ।

Advertisement

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमालेका सचेतक मायानाथ अधिकारी, प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली र सचेतक मणिभद्र शर्मा, राष्ट्रिय जनमाेर्चाका कृष्ण थापा, माओवादी केन्द्रका रामजि बराल सहभागी छन् ।

त्यस्तै संसदीय समितिका सभापतिहरु माेहनप्रसाद रेग्मी, दीपक काेइराला, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिष्म अधिकारी, याेजना तथा नीति आयाेगका उपाध्यक्ष गिरिधारी शर्मा, प्रमुख न्यायधिवक्ता राजेन्द्र घिमिरे लगायत उपस्थित रहेकाे मुख्यमन्त्रीका प्रेस संयाेजक बिक्रम न्याैपानेले जानकारी दिए ।

प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान स्वास्थ्य समस्याकाकारण अनुपस्थित रहेका छन् भने उपसभामुख सृजना शर्मा बैठकमा सहभागी छन् ।

बैठकमा गण्डकी प्रदेशमा काेराेनाकाे अवस्था र नियन्त्रणका लागि भैरहेका प्रयासका बारेमा स्वास्थ्य मन्त्रालयका सचिवले प्रस्तुति दिएका छन् ।

तपाईको प्रतिक्रिया