हेलि उद्दारमा ढिलाई हुँदा घाईतेको गयो ज्यान

सुन्दर थकाली /जोमसोम
पोखरा ÷जोमसोम हेलिकोप्टर उद्दारमा ढिलाई हुँदा सोमबार एक दुर्घटनाका सहचालकले ज्यान गुमाएका छन् । कोरोनाको दोश्रो लहरसंगैको कोरोना संक्रमणकालमा सरकारले निर्देशन गरेको हेलि कार्यविधि ÷प्रक्रियाका कारण उडानमा ढिलाई हुँदा सडक दुर्घटना परी घाईते भएका मुस्ताङका एक ट्याक्टर सहचालकको मृत्यु भएको निर्वतमान संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा—३ ध्याकर स्थित कच्ची सडकखण्डमा समरबाट ध्याकर तर्फ आउँदै गरेको ग१च ४८३९ नम्बरको ट््याक्टर अचानक दुर्घटना भई सडकमा पल्टिदा ट््याक्टरका सहचालक धादिङ जिल्ला गंगा जमुना गापा—५ बस्ने वर्ष २३ का सुनिल गुरुङ गम्भिर घाईते भएका थिए भने सोही ट््याक्टरका चालक बिजय दमै सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार ट््याक्टर दुर्घटनामा परी घाईते भएका दुईजना मध्ये सहचालक गुरुङको पोखराको मेड्रोसीटी अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।यस्तै चालक बिजय दमैको अवस्था भने सामान्य रहेको र उनको जोमसोम अस्पतालमा उपचार भईरहेको छ ।
यसअघि ट््याक्टर दुर्घटनामा परी गम्भिर घाईते सहचालक गुरुङलाई घटना स्थलबाट जोमसोम अस्पताल ल्याईएको र अस्पतालबाट थप उपचारका लागि पोखरा प्रभु एअरको हेलि मार्फत लगिएकोमा अस्पतालमा मृत्यु भएको हो । पोखरा अस्पतालमा मृत्यु भएका सहचालक गुरुङको मुचुल्का र पोष्ट मार्टमका लागि वडा प्रहरी कार्यालय बैदामलाई सिफारिस गरिएको प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।
यता, मुस्ताङका निर्वतमान संघीय सांसद प्रेमप्रसाद तुलाचनले घाईते उद्दारका लागि हेलि उडान प्रक्रियाको आवश्यक कागजात जुटाउदा ढिलो भई मृतकले ज्यान गुमाउन परेको उल्लेख गरे ।कोरोना माहामारीको अवस्थामा आन्तरिक हेलिउडानका लागि कोभिड तथा नन् कोभिड पहिचान गर्नका लागि घाईते र बिरामी कुरुवाको नागरिकताको प्रमाणपत्र र अस्पतालको रिफर कागजात माग भएको र सो जुटाउदैमा ढिलाई हुँदा ट््याक्टरका सहचालकको मृत्यु भएको उनको ठम्याई छ ।
निर्वतमान सांसद तुलाचनले पोखरामा हेलि उडानको सहजीकरण गरेका थिए ।यसका लागि माग गरिएको कागजात जुटाउदा जुटाउदैमा करिव एक घण्टा समय लस भएको जनाए ।हेलिको आकस्मिक उडान गर्न मुस्ताङ प्रशासन , पोखरा विमानस्थलको समन्वयमा हेलिकोप्टर उद्दार गरिएकोमा घाईतेको अस्पताल पू¥याउदा मृत्यु भएको बताए ।
निवर्तमान सांसद तुलाचनले आकस्मिक उडानका लागि स्थानीय प्रशासनको समयमा हेलिउडानको अघिकार दिनुपर्ने उल्लेख गरे ।उनले हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा आकस्मिक हेलि उद्दारका लागि अनुमती दिन पटक÷पटक गृह मन्त्रालय र अन्तराष्ट्रिय संम्वन्ध समितिको बैठकमा ध्यानआर्कषण गराउदै आएको बताए ।
‘ घाईते गम्भिर अवस्थामा रहेको र जतिसक्दो अस्पताल पू¥याउन पर्ने थियो,‘निर्वतमान सांसद तुलाचनले भने‘ सायद छिटो÷छिटो अस्पतालमा पु¥याउन सकेको भएपनि बाँच्ने सम्भावना रहन्थ्यो ।’ उनले हेलि उद्दारमा ढिलाई हुनुमा स्थानीय प्रशासन,विमानस्थल र हेलिकोप्टर टिमको दोष नभई प्रक्रिया गलत भएको र यसलाई सहज गरिनुपर्ने माग गरे ।
तपाईको प्रतिक्रिया