काेराेनाकाे रिपाेर्ट नेगेटिभ आयाे तर निमाेनियाले लग्याे

समाधान संवाददाता २०७८ जेठ ११ गते १९:०४

समाधान संवाददाता, पाेखरा ।

Advertisement

तराई अर्थात जनकपुर घर भएकी दुर्गा भाटले पाेखरामा शिक्षिकाकाे पहिचान बनाइसकेकी थिइन् । खास गरेर सानाबाललिका जाे भर्खर स्कुल जान्थे, उनीहरुकी मिस हुन दुर्गा ।

उमेर पनि जम्मा ३६ बर्ष थियाे । तिनै ३६ बर्षीया मृदुभाषी दुर्गा अब याे संसारमा रहिनन् । उनकाे मृत्युकाे कारण पनि काेराेना माहामारी नै बन्याे । २५ दिनसम्म अस्पतालमा जीवन मृत्युसँग लडेकी दुर्गाले मंगलबार हार मानिन् । पाेखराकै चरक मेमाेरियल हस्पिटलमा अन्तिम सास लिइन् ।

दुर्गा गर्भवती समेत थिइन् । काेराेना संक्रमण र निमाेनियाले गाँजेपछि उनकाे गर्भमा रहेकेा शिशुकाे मृत्यु भएकाे थियाे ।

काेराेना काेराेना भाइरस संक्रमण भएपछि बिरामी परेकी दुर्गा पछिल्लाे समय काेराेना भाइरसबाट मुक्त भएकी थिइन् । भाइरसलाई पराजित गरे पनि उनले भाइरसकै कारण भएकाे निमाेनियालाई जित्न सकिनन् ।

Advertisement

दुर्गाले विगत १५ वर्षदेखि पाेखरा पढाउदै आएकी थिइन् । १२ वर्षदेखि त कुमुदिनी हाेम्स माविमा पढाउदै आएकी दुर्गा प्राइमरी इन्चार्ज समेत थिइन् ।

दुर्गाका पति र १ छाेरा छन् ।

तपाईको प्रतिक्रिया