हिनताबोधले दबिएरै बस्छन् उपल्लो मुस्ताङका सम्भावित कोरोना संक्रमित

समाधान संवाददाता २०७८ जेठ ११ गते १८:४३

सुन्दरकुमार थकाली \ जोमसोम

चीनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरलानाका अवस्थित लोमान्थाङ गाउँपालिकामा संम्भावित कोरोना संक्रमित दबिएर बसेको पाईएको छ ।

कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङमा समूदाय स्तरमा संक्रमण फैलिएको र लोमान्थाङका ५ वटै वडा समेत संम्भावित कोरोना सुसुप्त रहेको लोमान्थाङको स्वास्थ्य शाखाले उल्लेख गरेको छ ।

Advertisement

तल्लो मुस्ताङको तीन स्थानीय तहमा कोरोना भाइरसको परीक्षण गत बैशाख १५ गते देखि सुरु गरिएपनि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा परीक्षण किट,ल्याब उपकरण र जनशक्ति अभावमा कोरोना परीक्षणको पहँुच पुग्न सकेको थिएन ।

पछिल्लो समय लोमान्थाङ गापाले आफैले एन्टिजेन किट खरिद गरी पालिकामा परीक्षणको बन्दोबस्त गरेपनि लक्षणसहितका कोरोनाका बिमारी समाजमा हिनताबोध हुने डरले परीक्षण गर्न नमानेको लोमान्थाङका स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले बताए ।

Advertisement

यसअघि लोमान्थाङले ५ वटै वडामा संम्भावित लक्षण भएका कोरोनाका बिरामीहरुको तथ्याङक संकलन गरेको थियो । त्यसैको आधारमा जिल्लाबाट उपकरण र जनशक्ति झिकाई जेठको पहिलो हप्ता सुरु गरेको कोरोना परीक्षणमा सीमित व्यक्ति मात्र संम्पर्कमा आएको स्वास्थ्य संयोजक गुरुङको भनाई छ ।

संयोजक गुरुङले भने ‘ हामीले तथ्याङक लिएर परीक्षणको व्यवस्था ग¥यौं ,गाउँपालिकाले कोरोना संक्रमणका बारेमा सुझायौं, तर उनीहरु सामाजिक हिनताबोधको डरले चेकजाच गर्न आएनन् ।’

लोमान्थाङ गाउँपालिकाले संकलन गरेको तथ्याङक अनुसार लोमान्थाङ—५ मा करिव १६ जना र वडा नं. १,२,३ र ४ मा करिव ३२ जना कोरोनाका लक्षण भएका बिरामी संम्पर्कमा नआएको स्वास्थ्य संयोजक गुरुङले उल्लेख गरे ।

उनीहरुलाई स्वास्थ्यकर्मी,जनप्रतिनिधि र गाउँ समाजले संम्झाई÷बुझाई गरेपनि परीक्षण गर्न नमानेकाले संक्रमणको जोखिम बढेको उनले बताए ।

उनका अनुसार यसअघि गाउँपालिका र सुरक्षा निकायले कोरोना संम्वन्धि ३ दिने जनचेतनामूलक कार्यक्रम तथा कोरोना संम्वन्धि डेमा शो देखाएपनि संम्भावित कोरोना संक्रमित खुल्न चाहदैनन् ।

ढिलो गरी परीक्षण गरिएको लोमान्थाङमा ९ जना संक्रिय संक्रमित छन् ।
यस्तै,उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा भने अझै कोरोना मुक्त छ ।

गापाको केन्द्र चराङमा गरिएको परीक्षणमा कुनै संक्रमित नभेटिएको र सवै वडा बन्दाबन्दी रहेको स्वास्थ्य संयोजक सन्जु गुरुङले बताईन् ।‘हामीले निरन्तर फलोअफ गरेका छौं तर गापामा त्यस्तो खालको समस्या छैन।’ उनले भनीन् ।

कोरोनाको दोश्रो लहरसंगै हिमाली जिल्ला मुस्ताङमा सोमबारसम्म २ सय १० जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । जसमा ८९ जना व्यक्ति निको भईसकेका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।

मुस्ताङको थासाङमा २ जना ,घरपझोङमा २ जना र वारागुङ मुक्तिक्षेत्रमा ३ जना व्यक्ति कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया