थप १५४९ जनामा कोरोना, १९ को मृत्यु

समाधान संवाददाता २०७८ जेठ ११ गते १८:५२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज थप १५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर ३३६८ जनाको परीक्षणमा १५४९ जनामा कोरोना देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका ४४० जना छन् । स्याङ्जाका २४०, लमजुङमा २३९, गोरखामा २२३, नवलपुरमा १५६ संक्रमित थपिएका छन् । पर्वतमा ९२, तनहुँमा ६२, म्याग्दीमा ५१, मुस्ताङमा ४४ र बागलुङमा २ जनामा संक्रमण देखिएको छ ।

Advertisement

प्रदेशभर कोरोना संंक्रमितको संख्या ३६ हजार ८७५ पुगेको छ । तीमध्ये २५६९७ जना निको भएका छन् ।

आज १९ संक्रमितको मृत्यु

Advertisement

गण्डकी प्रदेशमा आज १९ संक्रमितले ज्यान गुमाएका छन् । कास्कीका ९, तनहुँ, स्याङ्जाका समान २÷२ संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मुस्ताङ, पर्वत, गोरखा, लमजुङ, बागलुङ र नवलपुरका १÷१ संक्रमितको मृत्यु भएको हो ।

प्रदेशमा मृतकको संख्या ५७० पुगेको छ ।

तपाईको प्रतिक्रिया