रहेनन् सन्तबहादुर
समाधान संवाददाता
२०७५ फागुन १९ गते ९:४२

समाजसेवी सन्तबहादुुर गुरुङको फागुन १८ गते शनिबार निधन भएको छ । २००५ वैशाख ३० गते स्याङ्जा फेदीखोला जन्मेका गुरुङ हाल पोखरा १५ नयाँगाउँ बस्दै आएका थिए ।
अत्यन्त सरल, मिलनसार एवं सहयोगी गुरुङले समाजसेवासँगै मानवसेवामा समर्पित रहँदै आएका थिए । समाजसेवी सन्तबहादुरको आइतबार गुरुङ परंम्परा अनुसार दाहसंस्कार गरिने उनका परिवारिक स्रोतले जनाएको छ । स्याङ्जाको विकासमा ध्यान दिँदै आएका गुरुङ विभिन्न सामाजिक संघ-संस्थामा आवद्ध थिए ।
तमु धिं नेपालमा वरिष्ठ उपाध्यक्ष पदमा समाजसेवा गर्दै आएका गुरुङको पोखरा १५ नयाँगाउँ जनशक्ति टोलस्थित निवासबाट ११ बजे शवयात्रा हुने तमु धिं कास्कीले जनाएको छ । कालिका बहुमुखी क्याम्पसका संस्थापक उपाध्यक्ष रहेका गुरुङको निधनले क्याम्पस परिवारले समवेदना व्यक्त गरेको छ ।
सम्बन्धित







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया