नेपालमा पनि फैलिदै ब्याक फङ्गस, १२ जनामा पुष्टि

भाारतमा ब्याक फङ्सका बिरामीलाई खाना खुवाउदै उनकी श्रीमती
समाधान संवाददाता, पाेखरा ।
छिमेकी मुलुक भारतमा महामारीकै रुपमा फैलिरहेकाे ब्ल्याक फङ्गस अर्थामा कालाे ढुसीकाे संक्रमण नेपालमा पनि फैलिन थालेकाे छ ।
खास गरेर काेराेना संक्रमितहरुलाई ग्रस्त बनाउने याे राेगले सुरुमा आँखा र त्यसपछि मस्तिष्कमा आक्रमण गरी मान्छेकाे ज्यान समेत लिने गरेकाे छ ।
नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा याे संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंमा यसका संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
चिकित्सकका अनुसार कालो ढुसी संक्रमितको उपचारको लागि ‘एम्फोटेरिसिन बी’ औषधीको प्रयोग गरिएको छ तर नेपालामा भने अहिलेसम्म यो औषधी उपलब्ध हुन सकेको छैन । पछिल्लो समय भारतले आयात निर्यातमा रोक लगाएपछि औषधि उपलब्ध गर्नका लागि चुनौतिपूर्ण भएको स्वास्थ्यमन्त्रालयले जनाएकाे छ ।
चिकित्सकहरुका अनुसार याे संक्रमण रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसमा बढी हुने गर्दछ । कोभिड संक्रमण भइसकेका मानिसहरुमा प्रतिरोध क्षमता घटेको हुन्छ, त्यसैले काेराेना संक्रमितका लागि याे राेग घातक मानिन्छ । त्यस्तै मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा पनि ब्याक फङ्गस घातक पुष्टि भएकाे छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया