देशमा सङ्क्रमणदर घटे पनि मृत्युदर घटेन

काठमाण्डाैं, रासस ।
पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ ।
पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ । सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन् ।
आज १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टीजेन गरी कुल १७ हजार ४८० नमूना परीक्षण गर्दा चार हजार ७६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ । एक लाख ६ हजार ४७० सङ्क्रमित आइसोलेनसमा छन् । आज छ हजार ४९१ जना सङ्क्रमणमुक्त भएका छन् ।









सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया