चीनले अनुदान दिएको खोप आज नेपाल आइपुग्ने
समाधान संवाददाता
२०७८ जेठ १८ गते ७:२६

काठमाडौँ । चीनले अनुदान दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल आइपुग्दै छ ।
८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप स्वायत्त क्षेत्र तिब्बतबाट आज काठमाडौँ आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ ।
सो विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्नेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया