झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट

झापा, रासस ।
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।
आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ ।
अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड७१ लाख, कन्काईलाई रु ५८ करोड १८ लाख, गौरादहलाई रु ४८ करोड ५१ लाख, दमकलाई रु ७० करोड १७ लाख, बिर्तामोडलाई रु ७० करोड १७ लाख, भद्रपुरलाई रु ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई रु ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।
यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई रु ३४ करोड ८६ लाख, कचनकबललाई रु. ३८ करोड ८७ लाख, झापालाई रु ३४ करोड ८४ लाख, बाह्रदशीलाई रु ३४ करोड १८ लाख, बुद्धशान्तिलाई रु ३५ करोड७६ लाख र हल्दिवारी गाउँपालिकालाई रु ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया