पोखराका अस्पतालहरुलाई १०० सिलिन्डर हस्तान्तरण

समाधान संवाददाता, पोखरा
पोखराका रोटरी क्लबहरु तथा नेपाल चीन जनमैत्री संघको पहलमा कुन्मिङ माउन्टेन एन्ड एक्स्प्लोरेसन एसोसिएसन र युनान माउन्टेनरिङ आउटडोर स्पोर्टस् एसोसिएसनको विशेष पहलमा अक्सिजनका १ सय थान सिलिन्डर विभिन्न अस्प्तालहरुमा हस्तान्तरण भएको छ ।
मनिपाल शिक्षण अस्पतालल, गण्डकी मेडिकल कलेज, पद्म नर्सिङ होम, मनाङ अस्पताल, मुस्ताङ अस्पताल, दीर्घायु अस्पताललाई ती सामग्री हस्तान्तरण गरिएको रोटरीको स्वास्थ्य सामग्री सहयोग अभियानका प्रचार विभाग संयोजक उपेन्द्र पौडेलले जानकारी दिए ।
रोटरी क्लब अफ पोखरा मिडटाउन, न्युरोड, पोखरा, फिस्टेल, लेखनाथ र लेकसाइडले मीनु श्रेष्ठको संयोजकत्वमा ती अक्सिजन सिलिन्डर उपलब्ध गराएका हुन् । ती अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रका लागि सम्झौता गरी सिलिन्डर उपलब्ध गराइएको हो । ‘ती अस्पतालमा कोभिड केन्द्र बन्द भयो भने अन्त जहाँ आवश्यक हुन्छ, त्यहाँ दिने हो,’ प्रचार संयोजक पौडेलले भने ।
रोटरियन तथा नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेमार्फत केही सिलिन्डर चीनबाट आएका थिए भने केही सिलिन्डर रोटरी क्लबहरु आफैले पैसा जम्मा गरी किनेका हुन् । यसअघि नै रोटरीले मनिपाल शिक्षण अस्पतालमा रोटरी मनिपाल कोभिड केन्द्र स्थापना गरेको छ । १४० बेड क्षमताको आइसोलेसनमा भेन्टिलेटर र आइसियु सुविधा पनि रहेको पौडेलले जनाए । ‘रोटरीले सामान दिन्छ र उपचार केन्द्र मनिपालले सञ्चालन गर्छ,’ उनले भने ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया