पश्चिमबाट उदाउँदै कांग्रेसको सत्ता यात्रा

वीरेन्द्रनगर, २० जेठ
कर्णाली प्रदेशमा २ जना मन्त्री पठाएर कांग्रेस प्रदेशबाट सत्तारोहणको सुरुआत गर्ने भएको छ । २०७४ सालमा भएको निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सत्तामा फर्कन लागेको हो ।
२०७४ यता अहिलेसम्म संघ र ७ वटा सबै प्रदेशमा कांग्रेस प्रतिपक्षीमा छ । पहिलोपटक प्रदेशमार्फत सत्तामा प्रवेश गर्न गरेको हो । कम्युनिस्ट गढ भनेर चिनिने र कांग्रेस सबैभन्दा कमजोर देखिएको प्रदेश कर्णाली प्रदेशबाट सरकारमा उसको पहिलो ‘इन्ट्री’ भएको छ ।
नेपाली कांग्रेसले दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । कांग्रेसले कर्णाली प्रेदशमा सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालयको नेतृत्व गर्नेछ । प्रदेश सांसदहरु यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउने तयारी रहेको जानकार स्रोतहरुको भनाइ छ ।
मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो । कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि शुक्रबार मन्त्रीको सपथ हुने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ ७ गते माओवादी केन्द्रसहितको गठबन्धनको सहयोगमा आफ्नो पक्षमा संसदको बहुमत जुटाएर प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका थिए ।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको समेत दाबी परेको र दुवैमा भरपर्दो आधार नदेखिएको भन्दै संसद नै विघटन गरेकी थिइन् । सो निर्णयविरुद्ध देउवासहितका १ सय ४६ सांसद अहिले सर्वोच्च अदालत पुगेका छन् ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया