जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री हुँदै

समाधान संवाददाता, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ ।बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ शपथ गराउने गरी सजपा नेतालाई प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
जसपाले राजेन्द्र महतोको नेतृत्वमा नेताहरुलाई सरकारमा पठाउन लागेको हो । महतोलाई उपप्रधानमन्त्रीसहितको कुनै एक मन्त्रालय दिने तयारी ओलीले गरेका छन् । साँझ ६ बजे शपथ गर्नेगरी तयारी भइरहेको स्रोतको दाबी छ ।
जसपाको तर्फबाट शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकबाल मिया, रेणुका गुरुङ, चन्दा चौधरी मन्त्री बन्दैछन् ।
जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतो– उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी– ऊर्जा, अनिल झा– खानेपानी, बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया– युवा, लक्ष्मणलाल कर्ण– भुमिसुधार, चन्दा चौधरी – महिला, एकबाल मियाँ– वन, चन्द्रकान्त चौधरी – उर्जा राज्य मन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ लिँदैछन् ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया