गुरुङ सरकारमा जाने कि मध्यावधि निर्बाचनमा ? जसपामा बहस, आजै प्रदेश कमिटी बैठक बस्दै

समाधान संवाददाता, पाेखरा ।
विपक्षी गठबन्धनकाे बहुमत पुर्याउने अनेक प्रयास असफल भैरहेकाे बेलामा गण्डकी प्रदेशमा अब २ वटा विकल्प माथि चर्चा सुरु भएकाे छ, विकल्प पृथ्विसुब्बा गुरुङकाे सरकारलाई समर्थन दिने वा विश्वासकाे मत नदिएर प्रदेशलाई मध्यावधि निर्बाचनमा लैजाने ।
सर्बाेच्च अदालतले जनमाेर्चा सांसद कृष्ण थापालाई पुनरवहाली नगरेकेा भए विपक्षी गठबन्धन बहुमत पुराउने अवस्थामा थियाे । अब त्याे सम्भावना पनि टरेकाे छ । यस्ताे अवस्थामा सिमित विकल्पका कारण विपक्षी दलहरु पनि अलमलमा परेका छन् ।
सबै भन्दा बढी अलमल र विभाजित अवस्थामा जनता समाजवादी पार्टी छ । याे पार्टीकाे गण्डकी प्रदेश कमिटी पनि विभाजित छ । केन्द्रमा स्थायित्व चाहियाे, काेराेना महामारीका कारण निर्बाचनमा जाने अवस्था छैन भन्दै विघटित प्रतिनिधि सभा पुरवहालीका लागि मुद्दा दिएकाे जसपा गण्डकी प्रदेशमा के गर्छ भन्ने अन्याैल छ ।
विभाजित अवस्थामा रहेकेा जसपा गण्डकीकाे बैठक आजै बस्दैछ । श्राेतका अनुसार दिउसाे ३ बजेबाट बस्न थालेकाे जुम बैठकमा गण्डकी सरकारकै बारेमा छलफल र निर्णय गर्ने एजेण्डा छ । बैठकमा गण्डकी प्रदेश कमिटीका अतिरिक्त याे प्रदेशबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेता सहभागी हुँदैछन् ।
गण्डकी प्रदेशका इन्चार्ज गणेशमान गुरुङ विपक्षी गठबन्धनकाे सरकार बन्ने अवस्था नरहेकाले प्रदेशलाई मध्यावधि चुनाबमा धकेल्ने गल्ती जसपाले गर्न हुन्न भन्ने पक्षमा छन् । उनले यसाे भन्नु भनेकाे अहिले कै सरकारलाई निरन्तरता दिनु हाे ।
काेराेना महामारीकाबीचमा प्रदेशलाई चुनावमा जानबाट जाेगाएकाे श्रेय जसपाले लिँदा राम्राे हुन्छ भन्ने तर्क गुरुङकाे छ ।
प्रदेश कमिटी कै उपाध्यक्ष किरण थापा भने कुनै पनि हालतमा याे सरकार जाेगाउनु हुन्न भन्ने पक्षमा छन् । उनले मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ पनि ओलीकै छाँया हुन् भन्दै समर्थन गर्ने वा सरकारमा जाने विकल्प राेज्नै नसकिने बताउछन् ।
यही सन्दर्भमा आज हुन लागेकाे बैठकलाई महत्वपूर्ण मानिएकाे छ । बैठकमा केन्द्रीय नेता पनि सहभागी हुने र उनीहरुकाे धारणाका आधारमा सरकारलाई समर्थन मात्र गर्ने, सरकारमा सहभागी नै हुने वा मध्यावधि निर्बाचनमा जाने भन्ने निर्णय लिइने एक नेताले समाधानलाई जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया