करेन्ट लागेर कास्की र स्याङ्जामा बालकसहित दुईजनाको मृत्यु

समाधान संवाददाता २०७८ जेठ २५ गते १४:३५

समाधान संवाददाता, पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै स्याङ्जाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया