ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ जेठ २५ गते १८:३१

समाधान संवाददाता, पोखरा


नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, कास्की शाखाले जिल्ला ट्राफिक कार्यालय, कास्कीलाई मंगलबार स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाका सचिव पुष्पराज पौडेलले एक मानवले अर्काे मानवलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ स्वास्थ्य सामग्री बाँड्ने संकल्प गरेको बताए । कोरोना महामारीका बेला खटिएका प्रहरीलाई सहयोग गर्ने मनसुवा संस्थाको पौडेलले बताए ।


सोही अनुरुप सरकारबाट जे–जस्तो रुपमा उपलब्धता भएपनि जनताको जिउधनको सुरक्षा गर्न अग्रभागमा अहोरात्र खटिएका राष्ट्रसेवक जिल्ला ट्राफिक प्रहरीहरुको मनोबल उच्च राख्न ती सामग्री उपलब्ध गराएको पौडेलले सुनाए ।

Advertisement


संघ कास्की शाखाका अध्यक्ष पवन अधिकारीले सम्पर्क गरेको खण्ड वा कुनै आधिकारिक संस्थाबाट मौखिक या लिखित सिफारिस लिई आए सरकारले जारी गरेको प्रोटोकलको आधारमा रही रोगसँग लड्न सक्ने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीहरु निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिए । स्वास्थ्य सम्बन्धी सरसल्लाह र उचित परामर्शको लागि आयुर्वेदिक विज्ञ डाक्टरहरुको टोली बनाई ‘स्वास्थ्य परामर्श, एक कलमा भन्ने अभियान समेत सञ्चालन गरिएको उनले बताए ।


ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले सहयोग गर्ने सम्पूर्ण व्यवसायीलाई धन्यवाद प्रकट गरे । संघका केन्द्रीय सदस्य कृष्ण तिमिल्सिनाले संस्थाको सुरुआती कार्य राम्रो भएको र यस्ता सहयोगका कार्यहरु अगाडि बढाउँदै लैजाने विश्वास व्यक्त गरे ।

Advertisement


निःशुल्क सामग्री वितरणका लागि श्रद्धा आयुर्वेद फर्मा तेर्सापट्टि, श्रेष्ठ ड्रग कन्र्सन तेर्सापट्टि, कृपा आयुर्वेद फर्मा पालिखेचोक, जनसमृद्धि आयुर्वेद औषधालय बगर, वैदिक आयुर्वेद फर्मा नागढुंगा, गुडहेल्थ आयुर्वेद फूलबारी, कुसुमकृष्ण आयुर्वेद तेर्सापट्टी, स्वीकृति आयुर्वेद, राष्ट्र बैंकचोक, गौतम आयुर्वेद काठमाडौं, फेमिली इन्टरप्राइजेज हेमजाले सहयोग गरेका थिए । कार्यक्रमको सभापतित्व पवन अधिकारीले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव पुष्पराज पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया