ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग

पोखरा, २८ जेठ
पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को महामारीको बेला कर्म क्षेत्रमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार ती सामग्री हस्तान्तरण गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बताए ।
‘सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राख्दै मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड दिइएको हो,’ उनले भने, ‘आवश्यक पर्दा बाटोमा मास्क बिना हिँड्ने बटुवाहरुलाई पनि मास्क दिन हामीले आग्रह गरेका छौँ ।’
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा संघका कोषाध्यक्ष तथा पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति संयोजक बलराम आचार्य,उपमहासचिव केशवबहादुर खत्री र कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक भरत केसी सहभागी थिए ।
संघले यसअघि पोखराको लामाचौरमा रहेको मातृशिशु अस्पताल तथा लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कोषाध्यक्ष बलराम आचार्यले बताए ।









वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया