३१ युनिट रगत संकलन

समाधान संवाददाता, पोखरा
विश्व रक्तदाता दिवसको सन्दर्भमा गण्डकी प्रदेश सरकार अन्तर्गतको जिल्ला खेलकुद विकास समिति कास्कीले सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा खेलाडी युवा विद्यार्थी गरी ७१ जनाले रक्तदान गरेको अध्यक्ष तोरण बानियाँले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्य समितिका सदस्य समेत रहेका अध्यक्ष बानियाँले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण पोखरामा भएको रगत अभावलाई कम गर्न कार्यक्रम गरेको बताए ।
उनले जिल्ला प्रशासन कार्यालय कास्कीले लगाएको निषेधाज्ञा तथा कोरोना संक्रमण जोखिमका कारण सामाजिक संघ संस्थाहरुले औपचारिक रुपमा रक्तदान कार्यक्रम कम गरेकोउल्लेख गरे ।
जिल्ला खेलकुद विकास समिति कास्कीले निषेधाज्ञाको कारण मारमा परेका ४० खेलाडीहरुलाई सोमबार स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।
अध्यक्ष बानियाँले निषेधाज्ञाको कारण खेलाडीको दैनिक जीवनयापनका कठिन भएकाले चामल, दाल, चना, तेल, मास्क साबुन लगायत सामग्री प्रदान गरेको जानकारी दिए ।
‘समितिले खेलकुदको समग्र विकासका अलवा कोरोना संक्रमणको कारण मारमा परेका खेलाडीको समेत रेखदेख गर्नेछ,’अध्यक्ष बानियाँले भने, ‘समितिले संस्थागत रुपमा सामाजिक उत्तरदायित्वका कामलाई समेत निरन्तरता दिने छ ।’ उनले समितिले पम्प्लेट, माइकिङसहित समुदाय स्तरमा स्वास्थ्य सचेतना, सरसफाई र वृक्षरोपण कार्यक्रम गर्ने जानकारी दिए ।
गण्डकी प्रदेश सरकारका विना विभागिय मन्त्री राजीव गुरुङले खेलकुद विकास समितिले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेको बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै खेलकुदका गतिविधि तथा शारीरिक व्यायाम गरेको खण्डमा कोभिड १९लाई परास्त गर्न सकिने उल्लेख गरे ।
जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक महेन्द्र गुरुङले कोभिड १९को दोश्रो लहरको कारण खेलकुद लगायत गतिविधि ठप्प भएपछि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रम गरेको बताए ।
कार्यक्रममा सामाजिक विकास एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका सचिव भीम पराजुली, कोषाध्यक्ष कञ्चन थापा कोइराला लगायतले बोलेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया