नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश

समाधान संवाददाता २०७८ असार ४ गते ८:००

एजेन्सी ।

Advertisement

लगातार २ वटा जित निकाल्दै नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश गरेको हो। यसअअघि उसले युक्रेनलाई ३–२ गाेलले पराजित गरेकाे थियाे ।

Advertisement

नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेञ्जल डम्फ्रिइजले एक एक गोल गरे।

११ औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डम्फ्रिइजले ६७ औँ मिनेटमा गोल गरेका हुन्।

Advertisement

नेदरल्याण्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो।

तपाईको प्रतिक्रिया