कालिगण्डकी बगरमा भेटियो बृद्ध पुरुषको शव

समाधान संवाददाता २०७८ असार ५ गते २०:२६

सुन्दर थकाली \ जोमसोम

मुस्ताङको कालिगण्डकी बगरमा शनिबार दिउँसो एक बृद्ध पुरुषको शव भेटिएको छ । गत जेठ २१ गतेदेखि हराएका ७२ वर्षिय बृद्ध पुरुषको शव मुस्ताङ थासाङ—२ कोवाङ र सौरु गाउँबीचको कालिगण्डकी बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

करिव १५ दिन अघिदेखि सम्पर्कविहिन बनेका मुस्ताङको घरपझोङ—४ जोमसोममा बस्ने अरमिर्दन राईको शव कालिगण्डकी नदीमा भेटिएको शवनै भएको उनका छोरा कुमार राईले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

यसअघि कालिगण्डकी नदीको बगरमा शव देखेपछि स्थानीयले प्रहरी चौकी कोवाङलाई खबर गरेका थिए ।
कोवाङ प्रहरी चौकीबाट ५ जना र जिप्रका मुस्ताङबाट ७ जनाको प्रहरी टोलीले कालिगण्डकी नदी बगरमा भेटिएको शवलाई बाहिर निकालेर मुचुल्का उठाई प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि जोमसोम अस्पतालमा ल्याएको जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । घटना बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार कालिगण्डकी नदीमा भेटिएका बृद्ध गत जेठ ८ गते कोरोना पोजेटिभ भई अस्पतालको आईसोलेसनमा बसेका थिए ।

उनी १०÷१२ दिन अस्पतालको आईसोलेसनमा बसी कोरोना मुक्त भई बाहिर निस्किदा सम्पर्कविहिन भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया