स्वः कवि भुपि शेरचनको गाउँ टुकुचे उच्चजोखिममा

समाधान संवाददाता २०७८ असार ६ गते १९:४२

सुन्दरकुमार थकाली \जोमसोम

लगातारको अविरल वर्षाका कारण आएको थापाखोलाको बाढीले स्वः कवि भुपि शेरचनको पूख्यौली गाउँ थाक टुकुचे जोखिममा परेको छ । बर्सेनी नदी कटान र बाढी÷पहिरोको उच्चजोखिममा पर्ने थाक टुकुचेमा शुक्रबार आएको बाढीले त्यहाँका १ सय १० घरधुरी मध्ये ४० घरधुरी बाढीको जोखिममा परेको हुन् ।
मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे गाउँको पश्चिमतर्फबाट बग्ने थापाखोलाको बाहव उच्चहुँदा टुकुचे बस्ती उच्चजोखिममा परेको थासाङ—१ का वडाध्यक्ष रत्नप्रसाद ज्वाहारचनले जानकारी दिए । कालिगण्डकी नदी कटान र ठाँडोे बग्ने थापाखोला बाढीले टुकुचे गाउँमा बाढी पस्न थालेको छ । बाढीका कारण बस्ती जोखिममा परेपछि स्थानीयमा भय र त्रास रहेका छन् भने बाढीले स्थानीयको खेतीयोग्य जमिन समेत कटान गरी क्षति पु¥याएको उनको भनाई छ ।

स्वः कवि भुपि शेरचनको गाउँ टुकुचे उच्चजोखिममा

लगातारको वर्षाले थाक टुकुचे गाउँको तल्लो सेपी भन्ने स्थानमा करिव ३५ रोपनी खेतीयोग्य जमिन थापाखोला बाढीले कटान गरेका वडाध्यक्ष ज्वाहारचनले उल्लेख गरे ।थापाखोलाको बाढीले थाक टुकुचेमा स्थानीय बिष्णु शर्माको १० रोपनी क्षेत्रफलमा लगाईएको स्याउबोटसहित आलु र उवा लगायतका अन्नबाली बाढीले बगाएको छ ।

Advertisement

स्थानीय ज्योती भट्टचनको ५ रोपनी र कल्पना शेरचनको १० रोपनी जग्गा बाढीले बगाएको छ । यस्तै, थापाखोलाको ठाडो उर्लिएर आएको बाढीले स्यालुम बहुउद्देश्य सहकारी स्याउ फार्म र स्थानीय निरज तुलाचनको स्याउ फार्म उच्चजोखिममा परेको छ । स्थानीयका अनसार थापाखोलाको बाढी स्याउ फार्ममा पसेर अन्नबाली लगायतमा क्षति पु¥याएको छ ।

अविरल वर्षासंगै कालिगण्डकी नदीको सतह वृद्धि हुँदा टुकुचे बस्तीतर्फ नदी कटान गरेको छ । कालिगण्डकी नदीको सीमसार पानीको दलदले जलथलका कारण जमिन भाँसिदा त्यहाँ रहेका ऐतिहासिक तथा धार्मिक संरचनामा क्षति पुगेको छ । स्थानीय निर्जनमान शेरचनका अनुसार कालिगण्डकीको सिमसारले धार्मिक सम्पदा रहेको जमिन भाँसिएर साँढे ३ सय वर्ष पुरानो म्हाने ,स्तुपा र छोर्तेनमा क्षति पुगेको छ ।

Advertisement

मुस्ताङको थाक टुकुचेमा थापाखोलाको निरन्तरको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि स्थानीय गाउँसमाजले सामूहिक रुपमा ग्याबिन लगाएर खोला तर्काउने काम गरेपनि पटक÷पटकको बाढीले बस्तीतर्फ कटान गर्ने क्रम रोकिएको छैन । स्थानीयले ऐतिहासिक बस्ती जोगाउन सरकारले बृहत बजेट बिनियोजन गरी दीर्घकालिन रुपमा बस्ती संरक्षण गर्न माग गरेका छन् ।

थासाङको टुकुचेमा २ वर्षअघि जापानीज दुताबासले सौजन्य स्वरुप दिएको डोजरले बाढी नियन्त्रणमा लिने काम भईरहेको छ । बाढीले टुकुचेको बेलीब्रिज रहेको सडक कटान गरे बस्ती बिस्थापित हुने स्थानीयले जनाएका छन् । बाढीले बेनी—जोमसोम सडक छेउमा रहेको जापानिज उजिहारा पार्क समेत जोखिममा परेको छ ।
यस्तै लगातारको वर्षाले थासाङ—२ सौरु गाउँमा तम खोलाको बाढी स्याउबारीमा पस्दा स्याउ लगायत अन्य अन्नबाली सखाप भएको छ । सौरु गाउँमा शनिबार राति बाढी आउँदा तम खोला बाढी स्याउबारीमा पसेको थियो । स्थानीयले दिनभरी खोला तर्काउने काम गरेपनि बाढीले निरन्तर सास्ती दिएको छ ।

खालो तर्काउदै स्थानीय

तपाईको प्रतिक्रिया