८ महिनामा डेढ लाख सवारीथप

समाधान संवाददाता २०७८ असार १३ गते ७:१४

१ लाख ३७ हजार मोटरसाइकल र कुटर थपिएका छन् । यो कुल साधनको ९१ प्रतिशत हो

समाधान संवाददाता, काठमाडौं

चालु आर्थिक पहिलो ८ महिनामा १ लाख ५० हजार ७६५ वटा सवारीसाधन थपिएका छन् ।

Advertisement

यसरी थपिएका सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर छन् । चालु आवको पहिलो ८ महिनामा १ लाख ३७ हजार २३३ वटा मोटरसाइकल तथा स्कुटर थपिएका छन् । कुल थपिएका सवारीसाधनमध्ये मोटरसाइकल तथा स्कुटरको हिस्सा ९१ प्रतिशत छ ।

यातायात व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकभर ३९ लाख ८७ हजार २ सय ६७ वटा सवारीसाधन दर्ता भएका हुन् ।गत आर्थिक वर्ष २ लाख ४५ हजार २ सय २२ वटा सवारीसाधन दर्ता भएका थिए । यो संख्या गत आर्थिक वर्ष २०७६÷७७ को पहिलो ८ महिनाको तुलनामा ३८.५१ प्रतिशतले कम हो ।

Advertisement

गत आवको तुलनामा चालु आवको पहिलो ८ महिनामा ९४ हजार ४ सय ५७ ले सवारीसाधन दर्ता घटेको विभागले उपलब्ध गराएको विवरणमा उपलब्ध छ ।

कोराना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेका कारण सवारी किन्ने ग्राहक घटेकाले सवारी दर्ता कम भएको नाडा आटोमोवाइल्स् एसोसियसन अफ नेपालले जानकारी दिएको छ ।

कुल करिब ४० लाख सवारीसाधनमध्ये सबैभन्दा धेरै हिस्सा मोटरसाइकल तथा स्कुटरको छ । हाल ३१ लाख ६० हजार ६ सय २३ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । कुल दर्ता भएका सवारीमध्ये मोटरसाइकल तथा स्कुटरको ७९.२६ प्रतिशत हिस्सा ओगटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ९ सय २४ वटा जीप÷कार, भ्यान र ट्याक्सी थपिएका छन् । गत आर्थिक वर्ष ११ हजार २ सय ११ वटा जीप÷कार, भ्यान र ट्याक्सी थपिएका थिए । मुलुकभर २ लाख ७२ हजार ८ सय १२ वटा जीप÷कार, भ्यान र ट्याक्सी दर्ता भएका छन् ।

चालु आवको ८ महिनाको अवधिमा २ सय ४६ वटा बस दर्ता भएका छन् । गत आर्थिक वर्ष २ हजार २ सय ८२ वटा बस दर्ता भएका थिए । मुलुकभर ५५ हजार ५ सय ६८ वटा बस दर्ता सञ्चालनमा छन् ।

चालु आवको ८ महिनाको अवधिमा २ सय ३४ वटा मिनीबस÷मिनीट्रक दर्ता भएका छन् । गत आर्थिक वर्ष ९ सय ९८ वटा मिनीबस÷मिनीट्रक दर्ता भएका थिए । मुलुकभर २९ हजार २ सय ३६ वटा मिनीबस÷मिनीट्रक दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा १ हजार ७ सय ९६ वटा पिकअप दर्ता भएका छन् । गत आवमा ४ हजार ३ सय ४७ वटा पिकअप दर्ता भएका थिए । मुलुकभर ७१ हजार ८ सय ७५ वटा पिक दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ९९ वटा माइक्रो दर्ता भएका छन् । गत आर्थिक वर्ष ३ सय ९३ वटा माइक्रो दर्ता भएका थिए । मुलुकभर १० हजार ४ सय ८० वटा माइक्रो दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ५ हजार ९ सय १७ वटा टेम्पो दर्ता भएका छन् । गत आव ५ हजार ७ सय ६४ वटा टेम्पो दर्ता भएका थिए । मुलुकभर ६८ हजारर ३ सय ७८ वटा टेम्पो दर्ता भएका छन् ।

चालु आवको पहिलो ८ महिनामा ३ हजार २ सय ९४ वटा ट्रैक्टर दर्ता भएका छन् । गत आर्थिक वर्ष ५ हजार १ सय ६० वटा ट्रैक्टर दर्ता भएका थिए । मुलुकभर १ लाख ६४ हजार ६ सय ३६ वटा ट्रैक्टर दर्ता छन् ।

चालु आवको पहिलो ८ महिनामा १ सय ८१ वटा ई–रिक्सा दर्ता भएका छन् । गत आवमा १ हजार ६८ वटा ई–रिक्सा दर्ता भएका थिए । मुलुकभर ३६ हजार ६ सय ६७ वटा ई–रिक्सा दर्ता भएका छन् ।

चालु आवमा एउटा पनि अन्य सवारी दर्ता भएका छैन । गतमा २ सय १६ वटा अन्य सवारी दर्ता भएका थिए । मुलुकभर ८ हजार २ सय ३ अन्य सवारी दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया