गैह्र आवासीय नेपाली संघ ( एनआरएनए ) ले दियो २० थान अक्सिजन कल्सन्टेटर

समाधान संवाददाता २०७८ असार १४ गते १४:२९

एसके थकाली \ जोमसोम

कोरोना तथा दीर्घ रोगका बिरामीले अक्सिजन अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले पछिल्लो समय हिमाली जिल्ला मुस्ताङलाई संघ ,प्रदेश र विभिन्न संस्थाहरुले अक्सिजन सिलिण्डर तथा अक्सिजन कल्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री पठाउँन थालेका छन् । यसरी पठाईएको अक्सिजन लगायतका स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय र संम्वन्धित स्थानीय तहमा हस्तान्तरण भएको छ ।
भौगोलिक रुपले विकट तथा बर्खायामको मौसममा नदी कटान तथा बाढी÷पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध हुने हँुदा अक्सिजन ढुवानी गर्नमा अप्ठ्यारो पर्ने हँुदा उपलब्ध अक्सिजन कल्सन्ट्रेटर जीवन उपयागी हुने बताईएको छ ।

मुस्ताङमा हालसम्म वितरणमुखी अक्सिजन प्लान उत्पादन नहुँदा मुस्ताङका दुरदराजका स्वास्थ्य शाखा तथा ईकाईमा अक्सिजनको चरम अभाव हुने गर्छ । यहाँका कोभिड तथा दीर्घ रोगका बिरामीले उचित समयमा अक्सिजनको सुविधा प्राप्त गर्न नसक्दा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

Advertisement

कोरोना माहामारीको सामना गर्दै आईरहेको हिमाली जिल्ला मुस्ताङलाई सोमबार गैह्र आवासीय नेपाली संघ ( एनआरएनए ) ले २० थान १० लिटर क्षमताको अक्सिजन कल्सन्ट्रेटर पठाएको छ । । गैर आवासीय नेपालीहरुको संस्था एनआरएनका उपाध्यक्ष सोनाम लामाको विशेष पहलमा मुस्ताङलाई करिव ४० लाख मुल्य बराबरको अक्सिजन कल्सन्ट्रेटर काठमान्डौं स्थित एनआरएनको केन्द्रिय कार्यालय मार्फत मुस्ताङलाई उपलब्ध गराईएको हो ।

एनआरएनएले मुस्ताङलाई उपलब्ध गराईएको अक्सिजन कल्सन्ट्रेटर मुस्ताङस्थित दीगो तथा उत्थानशील समाजका लागि हिमाली पहल नामक संस्थामा मार्फत जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई हस्तान्तरण गराईएको अध्यक्ष विकल शेरचनले जानकारी दिए । अध्यक्ष शेरचनका अनुसार एनआरएनले ईलेक्ट्रिक जडान मार्फत एकैसाथ २ जना व्यक्तिलाई अक्सिजन दिन मिल्ने कल्सन्ट्रेटर उपलब्ध गराएको जनाएको छ ।

Advertisement

एनआरएनएले पठाएको कल्सन्ट्रेटर जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ मार्फत ५ वटै स्थानीय तहको स्वास्थ्य शाखालाई समान २÷२ थान ,जिल्ला अस्पताल जोमसोमलाई ८ थान र लेते प्राथमिक स्वास्थ्यकेन्द्रलाई २ थान अक्सिजन कल्सन्ट्रेटर वितरण गर्ने गरी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको अध्यक्ष शेरचनको भनाई छ ।
हिमाली जिल्ला मुस्ताङलाई संघ,प्रदेश र विभिन्न संघसंस्था मार्फत पठाईएको सानो÷ठुलो अक्सिजन सिलिण्डर १ सय ७३ थान र अक्सिजन कल्सन्ट्रेटर ५६ थान मौज्याद रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । कोभिड संक्रमणबाट छुट्कारा पाउन र आवश्यक अक्सिजन नहुदा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले मुस्ताङलाई सामाजिककार्यका रुपमा अक्सिजनसहित स्वास्थ्य सामाग्री उपलब्ध गराईएको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे।

हिमाली जिल्ला मुस्ताङमा संघ÷प्रदेश र संघसंस्था लगायतले अक्सिजन पठाउन थालेपछि दुरदराजका स्वास्थ्य चौकी र ईकाईमा अक्सिजन मौजाद रहेको छ । जिल्लाका ५ वटै स्थानीय तहका कोभिड अस्पतालहरुमा अक्सिजनसहितको आईसोलेसनको समेत व्यवस्था भईसकेको छ ।

कोरोना भाईरसको दोश्रो भेरियन्टसंगै मुस्ताङमा ४ सय ६३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएकोमा ३ सय ८५ जना व्यक्ति संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण हालसम्म १५ जना व्यक्तिले ज्यान गुमाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार पछिल्लो समय मुस्ताङमा जम्मा ३८ जना मात्र संक्रिय कोरोना संक्रमित रहेको र बन्दाबन्दी र स्वास्थ्य सर्तकताका कारण कोरोना जोखिम बिस्तार घट्दै गईरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया