राेमाञ्चक खेल, स्पेन क्वाटर फाईनलमा

एजेन्सी ।
नाटकीय र राेमाञ्चक खेलमा स्पेनले क्राेयसिया माथि जित निकाल्दै युराे कपकाे अन्तिम ८ मा स्थान सुरक्षित गरेकाे छ ।
डेनमार्कमा भएको खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमै २ गोल गर्दै स्पेनले ५–३ को जित सुनिश्चित ग¥यो ।
स्पेनको जितमा पाब्लो साराबिया, सिजर एज्पिलिक्युएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयर्जाबालले एक÷एक गोल गरे ।
खेलमा अग्रता भने क्राेयशियाले लिएकाे थियाे । त्याे पनि स्पेनकाे आत्मघाती गाेलबाट । क्रोएसियाका लागि स्पेनका पेड्रीले आत्मघाती तथा क्रोएसियन मिस्लभ ओर्सिक र म्यारियो पासालिकले एक÷एक गोल गरे ।
खेलकाे ८५ औैं मिनेटसम्म स्पेन ३–१ ले अघि थियाे र उसकाे क्याम्पमा खुशी मनाउन सुरु भैसकेकाे थियाे तर खेल सिकनु अघि नाटकीय परिवर्तन आयाे । ८५ औं मिनेटमा गाेल अन्तर १ मा झारेकाे उसले अतिरिक्त समकाे दाेश्राे मिनेटमा खेल बराबरीमा ल्याएकाे थियाे ।
पराजयसँगै विश्वकप २०१८ को उपविजेता क्रोएसिया अन्तिम १६ बाटै बाहिरिएको छ भने स्पेन पछिल्ला तीन ठूला प्रतियोगितापछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।
तपाईको प्रतिक्रिया